माउरीजियो सारीले रोनाल्डोलाई सम्हाल्ने : सारी युभेन्टसको नयाँ प्रशिक्षकमा अनुबन्धित



०२ असार २०७६, काठमाडौं

इटालियन कल्ब युभेन्टसमा नयाँ प्रशिक्षकको रुपमा माउरीजियो सारी अनुबन्धित भएका छन् । यससँगै अब उनले इटालियन महारथी क्लब युभेन्टस रहेका क्रिस्टियानो रोनाल्डोजस्ता हस्ती खेलाडीलाई सम्हाल्ने भएका छन् ।

एक पत्रकार सम्मेलन मार्फत सारीलाई क्लबले नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको घोषणा गरेको थियो ।

उमेरले करिव ६० पुगेका सारीलाई युभेन्टसले तीन वर्षका लागि अनुबन्धित गरेको हो । हालैमात्र प्रिमियर लिग क्लब चेल्सीलाई युरोपा कप जिताएका सारीले चेल्सीमा आफ्नो एक बर्षे कार्यकाल छोडेर युभेन्टसको प्रशिक्षक बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्