दाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट



०१ असार २०७६, काठमाडौँ

दाङमा भएको आगलागीबाट तीन वटा घर र गोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट घोराही उपमहानगरपालिका वडा नं. १ चित्रटाँरी निवासी बासुदेव घर्तीको एक तले जस्तापाताले छाएको एउटा घर र दुई कोठायुक्त एक तले गोठ जलेर नष्ट भएको हो ।

शनिबार दिउँसो भएको आगलागीबाट घर्तीको साढे १४ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै, शनिबार नै पशिचम दाङको बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा भएको आगलागीमा सावित्रा नेपालीको गोठ जलेर नष्ट भएको छ, र त्यस गोठ भित्र रहेका ३ वटा बाख्रा पनि जलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागिको प्रमुख कारण भने नखुलेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्