बूनपा १० लाई युवामैत्री वडा बनाउँछु : वडाध्यक्ष भट्टराई



०१ असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं.१० ले आर्थिक वर्ष २०७६/०७७ को योजना तर्जुमा युवा भेला कार्यक्रम सम्पन्न गरेको छ ।

युवा लक्षित बजेट विनियोजन गर्न बूनपा १० ले वडा भित्रका युवाहरुलाई भेला गरेको थियो । भेलामा बूनपा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले आफ्नो वडालाई युवामैत्री वडा बनाउन आवश्यक बजेट नगरबाट छुट्याउने लगायतका योजना रहेको बताएका छन् ।

वडाध्यक्ष भट्टराई भन्छन्, युवालाई विभिन्न सीप सिकाएर स्थानीय तहमै परिचालन गर्ने उद्देश्य छ ।

आफूले मात्र योजना वनाउने भन्दा पनि विभिन्न क्षेत्रमा कार्यरत अनुभवी तथा भिजन भएका युवाहरुसँग छलफल गर्दै योजना बनाउदा उपलब्धिमूलक हुँने वडाध्यक्ष भट्टराईले बताए ।

उक्त भेलामा उपस्थित युवाहरुलाई विभिन्न समूहमा विभाजन गरि वडा मात्र नभएर नगरको समेत शिक्षा, आर्थिक स्तरोन्नती, विज्ञान प्रविधि तथा समाजिक साँस्कृतिक लगायतका विभिन्न समस्याहरु के–के छन् ? कस्तो किसिमले कसरी समाधान गर्ने ? भन्ने विषयमा छलफल समेत गरिएको थियो ।

स्थानीय जागरुक युवा तथा बैंकका म्यानेजर अनिलराज पाण्डेले युवा तथा महिलाहरुले कुनैपनि व्यवसाय गर्न चाहेमा आँफूले सहयोग गरेर बैंकबाट लोनको व्यवस्था गरिदिने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा विवेक अधिकारीले मन्तव्य राख्दै सबै मिलेर बूनपा १० लाई उद्यमशील युवाको वडा भनेर चिनाउने उदेश्य भएको बताए ।

अधिकारी भन्छन्, ‘हामी जतिका युवाहरुले देशमै केही गर्न सकिने बताउँदै विदेशीको मुख ताक्न आवश्यक छैन ।’

उपस्थित युवाहरुले केहि सम्बन्धित विषयमा छलफल, सल्लाह तथा परामर्श गर्न सहजहोस् भनि सामाजिक संजाल मार्फत सबैलाई जोड्न फेसबुक तथा भाईबर ग्रुप समेत बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्