सोलुखुम्बुमा स्काइभेटरमाथि आगजानी



०१ अषाढ २०७६, काठमाडौं

सोलुखुम्बुको तिङ्लामा राखिएको स्काइभेटरमा आगजानी भएको छ ।

दुधकोशी नदीमा निर्माणाधिन ८६ मेघावाटको विद्युत निर्माणको लागि प्रयोग गरिदैँ ल्याईएको स्काइभेटरमा गएराती अज्ञात समूहले आगजानी गरेको बताईएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट बिहान ७ बजे प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।

‘सो क्षेत्रमा सञ्चार–सम्पर्क हुन नसक्दा थप विवरण आउन सकेको छैन ।’ सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले भने ।

हाईड्रोपावरका निर्देशक भिम पाठकका अनुसार आगजनी भएको स्काइभेटर हाइड्रोमा कार्यरत कन्स्ट्रक्सन कम्पनीको हो ।

सोलुखुम्बुमा गतसाल पनि अर्को एक स्काइभेटरमाथि यस्तै आगजानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्