साताव्यापी भ्रमणबाट आज स्वदेश फर्कदैँ प्रम ओली



०१ अषाढ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी भ्रमणपछि आज नेपाल फर्कदैँ छन् ।

गत २५ जेष्ठमा यूरोपीयन देशहरु स्वीट्जरल्याण्ड, वेलायत र फ्रान्सको साताव्यापी भ्रमणमा निस्केका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली आईतबार विहान १०:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत पुगेका थिए ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए ।

यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्