
३२ जेठ २०७६ काठमाडौँ
भोलिबाट काठमाडौँ व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुवात हुदैँछ ।
स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ ।
महानगर क्षेत्रमा पार्किङ स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ ।रिजर्भ गरेको समय, पार्किङ शुल्क जस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।
सेवाका लागि केएमसी पार्किङ एप एन्ड्रइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ । यसको उद्घाटन आइतबार नै मेयर विद्यासुन्दर शाक्यले गर्दैछन् ।
अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाँउ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाँउ बुर्किङ गर्न सक्नेछन् ।
पछिल्लो समयमा एकै घरमा एक भन्दा बढी सवारी साधन हुन थालेका छन् ।
औसतमा १० प्रतिशत समय मात्र सवारी साधन सडकमा गुड्छन्, बाँकी समय पार्किङ गरिएका हुन्छन् । त्यसैले पार्किनको समस्या बढेको हो ।
अब परम्परागत पार्र्किङले मात्र समस्या सुल्झने अवश्था नभएकोले यसका लागी प्रविधिमा आधारित व्यवस्थागर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
व्यवस्थित पार्किङ नहँदा न्युरोड क्षेत्रमा आवागमन अस्तव्यस्त हुने गरेको छ ।
काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ शरु गर्न लागेको हो ।





