आफ्नै भतिजि जबरजस्ती करणी गर्ने सानोबुवा पक्राउ



३२ जेठ २०७६, काठमाडौं

नाताले सानोबुवा पर्ने गोदावरीका ३२ बर्षीय किशोर खत्रीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको छ ।

गोदावरी नगरपालिका–३ मा रहेको चन्तल मौदी एकेडेमी स्कुलको संरक्षणमा रहेकी १३ बर्षीया बालिकालाई उनले समयसमयमा घुमाउन लगी जबरजस्ती करणी गरेको पाईएको छ ।

स्कूलका प्रधानाध्यापक सन्दीप नेपालीले बताए अनुसार, किशारले बालिकालाई सधै जसो लिएर कता जान्छ भन्ने चासो बढेपछि आपूmले पछ्याउँदै जाँदा गोदावरीस्थित होटलमा लगेको पाएका थिए ।

होटलमा लगेको थाहा पाएपछि प्रअ नेपालीले बालिकालाई तिमीलाई किशोरले के–के गर्छ भनेर फकाएर सोधेपछि घटना बाहिर आएको हो । किशोरले बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गर्दै आएको पाईएको छ ।

जेठ २५ गते शनिबारको दिन पनि किशोरले बालिकालाई स्कुलबाट आफूले काम गर्ने गरेको यू हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाई लगायतका चिजवस्तु खान दिएर अश्लिल गतिविधि गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटाका प्रमुख डीएसपी गौतम मिश्रले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्