भ्रामक समाचारप्रति ऊर्जामन्त्री बर्षमान पुनको आपत्ति



३१ जेठ २०७६, काठमाडौं

सामाजिक संजाल तथा अनलाईन न्यूज पोर्टलमासंचारकर्मी रबी लामिछानेसँग जोडेर आएको भ्रामक समाचारप्रति उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनः ‘अनन्त’को सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दे मन्त्री पुनको सचिवालयले ‘पत्रकार रबि लामिछाने ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई भन्दै समाचार आएको प्रति आपत्ती जनाएको हो ।

मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको बिज्ञप्तीमा, ‘समाचारबारे नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पृष्ठमा प्रकाशित नभएको र समाचार झुटो रहेको पाईएको छ ।

सम्पूर्ण नागरिकहरुमा संचारकर्मी लामिछानेसँग मन्त्री पुनलाई जोडेर प्रकाशित भएका समाचारप्रति भ्रममा नपर्न समेत मन्त्री पुनको सचिवालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्