
३१ जेठ २०७६, काठमाडौं
जेठ महिनाभित्र देशमा विनाशकारी भूकम्प आउँछ भनी युट्युब भिडियो मार्फत सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् ।
देशमा महाभूकम्प आउँछ भन्दै अफवाह फैलाएको अभियोगमा उनलाई गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले क्षेत्रीलाई जिल्ला अदालत काठमाडौंले तारेखमा रिहा गरेको बताए ।





