
३१ जेठ २०७६, काठमाडौं
नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले जेठ ३० गतेदेखि आफ्नो नयाँशाखा ईटहरीमा संचालन गरेको छ ।
नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा मुना चोक, ईटहरीमा खोलेको छ ।
विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात FTTH इन्टरनेट सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी HD च्यानल सहित २३० वटा च्यानल भएको NETTV सँग साझेदारी गरेको थियो ।
आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ । १५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप्प्रदान गर्दै आएको छ ।
यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रवर्द्धन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्नेछन् ।





