
३० जेठ २०७६, काठमाडौँ
पछिल्लो समय फेसबुक र अन्य अनलाइन माथि कडा खालको नियन्त्रणको माग गर्ने क्रम बढेको छ ।
फेसबुकका व्यक्तिगत तथ्याङ्क अनुमति नलिई तेस्रो पक्षले प्रयोग गरिरहेको धेरै घटना बाहिरिएसँगै फेसबुकमाथि नियन्त्रण राख्ने माग उठ्न थालेका थिए ।
त्यस्तै फेसबुकले केही देशमा निर्वाचनमा हस्तक्षेप गरेको र गलत सूचना फैलाएको आरोप पनि छ ।
बिहिबार न्यु योर्क टाइम्स मा एक लामो लेख लेख्दै ह्युगले जुकरवर्गसँग हाल निजी वा सरकारी निकायमा काम गर्ने कुनै पनि व्यक्ति भन्दा बढी प्रभाव भएको बताएका छन् ।
आजको दिनमा मार्कका नजिक रहेकाहरुले उनको प्रश्न गर्ने भन्दा पनि प्रशंसा गर्ने खालको देखिन्छ ।
जुकरवर्गले हाल उपभोक्ताको छनौटलाई सिमित गरेका छन् ।
ह्युगले अमेरिकी सरकारले एक नयाँ एजेन्सी निर्माण गरेरै प्रविधि उद्योग माथि नियमन कायम राख्नु पर्ने माग गरेका छन् ।
मार्क जुकरवर्गलाई फेसबुकको स्थापना गर्न सघाएका क्रिस ह्युग्सले सो कम्पनीलाई तोड्नु पर्ने आव्हान गरेका छन् ।





