
३० जेठ २०७६, बारा
स्रोत नखुलेको ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित भारतीय एक नागरिकलाई बुधबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्लाका बृजकिशोर कुमार छन् ।
बीआर एसी ४४८६ नम्बरको मोटरसाईकल सबार उनले शरीरका विभिन्न भाग, हेल्मेट र डिकीमा रकम लुकाएको जानकारी बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताएका छन् ।
मोटरसाईकल सबारहरुको शंका लागेर चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा नेपाली रुपैयाँ फेला परेको भट्टराईले बताए । पक्राउ परेका भारतीय नागरिकलाई रकमसहित आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको जानकारी भट्टराईले दिए ।





