
३० जेठ २०७६, काठमाडौँ
त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा पर्न सफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको थियो ।
यस अघि गतवर्ष यहि संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मुल्याङनमा विश्वका उत्कृष्ट हजारमा ८०१ औं विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय पर्न सफल भएको थियो ।
विश्वविद्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा यो उपलब्धीबाट हामी थप उत्साहित भएका छौँ र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाई उपलब्ध गराउन हामी सबैको प्रतिबद्धता र लगनशिलताबाट भविष्यमा त्रि.वि.ले विश्वमा अझ उच्च स्थान हासिल गर्ने भनिएको छ ।
विश्वविद्यालयल त्रि.वि.ले हासिल गरेको अन्तर्राष्टिय मान्यताबाट विद्यार्थीहरुलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा अध्यापन र अनुसन्धानमा थप पहुँच प्राप्त भएको विश्वविद्यालयले जनाएको छ ।





