बूनपा ११ र सरोकार समाज नेपालले संयुक्त रुपमा तीन खेल आयोजना गर्दै



२९ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ वडा नं. ११ र सरोकार समाज नेपालले संयुक्त रुपमा वडा स्तरीय ब्याडमिन्टन, विद्यालय स्तरीय फुटबल र चेस प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

जारी सूचना अनुसार वडा स्तरीय ब्याडमिन्टन खुला डबल प्रतियोगिता जेठ ३१ र  ३२ गते हिमाल ब्याडमिन्टन हल फैका, कपनमा हुनेछ । त्यसैगरी विद्यालय स्तरीय फुटबल प्रतियोगिता सोही मितिमा ह्याण्डबल ग्राउण्ड कपनमा हुनेछ भने चेस प्रतियोगिता बूनपा ११ को वडा कार्यालयमा हुने जानकारी वडाध्यक्ष राजु अधिकारीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

तीनै खेलमा सहभागी हुन जेठ ३० गते सम्म दर्ता हुन सकिने जनाईएको छ ।

बूनपा ११ र सरोकार समाज नेपालद्वारा जारी सूचना :

प्रतिक्रिया दिनुहोस्