डा. भट्टराईको संलग्नता छैन : गल्ती सच्यायो अन्नपूर्ण पोष्टले



२९ जेठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको संलग्नता छैन भन्दै नेपाली दैनिक पत्रिका अन्नपूर्ण पोष्टले पूर्व प्रकाशित समाचारको खण्डन छापेको छ ।

छापा प्रकाशनमा मिति २७ जेठ २०७६ को कभर पृष्ठमा सुरेन्द्र काफ्लेद्वारा लिखित ‘बूढानीलकण्ठको १४ रोपनी जग्गा एनजीओलाई’ भन्ने शिर्षकको समाचारमा ‘नगरपालिकाले जग्गा लिजमा दिने निर्णय गराउन प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईमार्फत लबिङ गरिरहेको छ ।’ भन्ने तथ्यहिन बाक्य लेखिएको थियो ।

आज मिति २०७६/०२/२९ गते बुधबारको छापा संस्करणको तेस्रो पृष्ठमा डा. भट्टराईको संलग्नता छैन भन्ने शिर्षकमा लेखिएको छ, ‘अन्नपूर्ण पोस्टमा सोमबार प्रकाशित ‘सरकारी जग्गा एनजीओलाई’ समाचारमा बूढानीलकण्ठ नगरपालिकाले परिवर्तन सञ्चार समूहलाई १४ रोपनी जग्गा लिजमा दिन सिफारिस गरेको र त्यसमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको भूमिका रहेको भनिएकोमा उहाँको आपत्ति छ । उहाँको त्यसमा कुनै भूमिका र संलग्नता नरहेको प्रस्ट पार्न चाहन्छु ।’

यो पनि पढ्नुहोस्

जग्गा सिफारिसमा डा. राजन भट्टराईको कुनै भूमिका छैन

प्रतिक्रिया दिनुहोस्