लोकसेवा आयोगको बिज्ञापन स्थगित होइन, संशोधन गरेर प्रक्रिया अगाडि बढाउनुपर्छ



२९ जेठ २०७६, काठमाडौं

संबैधानिक आयोगले निकालेको बिज्ञापन नियतबस निकालिएको हो । संबिधानलाई मान्ने कि नमान्ने भन्ने प्रश्नको जबाफ कस्ले दिने ?

संविधान बमोजिम बिज्ञापन गरेको भए कस्ले बिरोध गर्ने र यस्तो खालको सूचना निकाल्दा सम्बन्धित निकायलाई बिरोध आउँछ भन्ने पक्कै थाहा थियो । यसमा लोकसेवा आयोगको नियत देखिन्छ । जनजातीको आन्दोलन लोकसेवा तयारी गर्दै गरेको बिद्यार्थीहरुको आन्दोलन दुइटै आ–आफ्नो ठाउँमा जाहेज छ । एउटाले संबिधान सम्बत हुनुपर्याे भन्छ अर्काेले राज्य व्यवस्थाको निर्णय विरुद्ध लोकसेवाको बिज्ञापन स्थगित हुनुहुँदैन भन्ने !

यहाँ जात भातको कुरासँग सरोकार भन्दा सरकारलाई फेलर बनाउने माफियाहरुको चलखेल हो । यो विरुद्ध आवाज उठाउन जरुरी छ । सरकारले बेलैमा ध्यान पुर्याउन जरुरी छ कि आफ्नो मान्छे र आसेपासे करारमा भर्ना गरेर समृद्धि आउँदैन । करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्नुपर्छ । यो लाखौं बिद्यार्थीहरुको आवाज हो ।

बिद्यार्थी संगठनहरु पनि मुकदर्शक भएर बसेको देखिन्छ । एउटा बिश्वास गर्न लायक एउटा ठाउँ जहाँ लाखौं बिद्यार्थीहरुको भबिष्यसँग गाँसिएको ठाउँ यो पनि चोखो रहेन, बर्षाैदेखि सब त्यागेर लोकसेवा आयोग पढ्न बसेका बिद्यार्थीहरुको बारेमा सोच्ने की ?

खारेज, स्थगित होइन, संशोधन गरेर प्रक्रिया अगाडी बढाउनुपर्छ । होइन भने फेरी बिदेश पलायन हुनुपर्ने बाध्यता र सरकारको आफ्नै देशमा रोजगारी दिएर ‘सुखी नेपाली : समृद्ध नेपाल’को नारा फोकोटलाल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्