लिबियामा अपहरित ४ नेपालीको उद्धार, सुरक्षित फर्काईने पहल हुँदै



२९ जेष्ठ २०७६, काठमाडौं

युद्धग्रस्त लिबियामा अपहरणमा परेका ४ नेपालीको उद्धार गरिएको छ ।

इजिप्टस्थित नेपाली दूतावास र युनाइटेड नेसन (युएन)को पहलमा उनीहरुको उद्धार गरिएको हो । एक हप्ताअघि लिबियाबाट इटली जाने क्रममा उनीहरु अपहरणमा परेका हुन् ।

उद्धार गरिएकाहरुमा लमजुङका राजकुमार गुरुङ, पूर्णप्रकाश अधिकारी, दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेका छन् । लिबियाको जविया ओसमा एन आर्मड नामक सशस्त्र विद्रोही समूहको नियन्त्रणमा परेको उनीहरुले खबर गरेका थिए ।

उत्त समूहले अपहरणपछि चरम यातना दिनुका साथै रकम पनि माग गरेको थियो । त्यसपछि उद्धारको अपिल गर्दै उनीहरुका आफन्तले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

लिबिया सुरक्षाका हिसाबले निकै जोखिमपूर्ण युद्धग्रस्त मुलुक रहेकाले नेपाल सरकाले त्यहाँ जान नेपालीहरुलाई प्रतिबन्ध लगाएको छ ।

तर, नेपाली कामदारहरु कमाईको प्रलोभनमा परि लिबियासम्म पुगी युद्धमा फस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्