
२८ जेठ २०७६, काठमाडौं
राजधानीको तीनकुनेबाट मेड ईन जापान लेखेको ठूलो पेस्तोल सहित एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्ने व्यक्ति सोलुखुम्बु डुटेल ४ घर भई हाल बौद्ध आरुवारी बस्ने वर्ष २४ को साङ्गे टेम्वा शेर्पा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
पेस्तोल सहित पक्राउ परेका शेर्पाको साथबाट दुई थान मोवाईल नागरिकता वरामद गरिएको
छ ।





