ट्वाइलेटको ढोका खोल्दा खुल्यो विमानको आकस्मिक ढोका



२८ जेठ २०७६, काठमाडौँ

हालै यात्रु बसालेर उड्नै लागेको बेला एकजना महिला यात्रुले ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि उडान गर्नै आँटेको जहाजभित्र तहल्का मच्चियो ।

पाकिस्तानको वायुसेवा कम्पनी पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको पिके ७०२ को विमान शनिबार बिहान बेलायतको म्यानचेष्टर विमानस्थलबाट उडान भर्ने क्रममा थियो । विमानभित्र रहेकी एक महिला यात्रुले ट्वाइलेटको ढोका खोल्ने बटन भन्ठानेर इमर्जेन्सी बटन दबाइदिइन् । जसका कारण विमानका आकस्मिक ढोका खुल्न पुगे ।

उक्त घटनाका कारण विमानको उडान ७ घण्टा ढिलो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्