
२८ जेठ २०७६, काठमाडौं
अमेरिकाको होण्डुरसमा एउटा अनौठो घट्ना घटेको छ । अहिले सामाजिक संजालमा उक्त घटनाको निकै नै चर्चा हुने गरेको छ । सार्वजनिक घटनामा कुखुराको भालेले छिमेकीलाई अति नै सताउँन थालेपछि उक्त भालेलाई जेल सजाय भएको छ ।
अग्लो रुखमा चढेर कुखुराको भालेले जोडसँग बासेर मानिसहरुलाई हैरान गर्ने गथ्र्यो । साथै छिमेकीको खेतमा बारम्बार पसी सबै बालीनाली सखाप गरि नोक्सान समेत गर्ने गरेकोेले भालेसँग छिमेकीहरु रुष्ट भएका थिए ।
भालेको बदमासी अति नै भएपछि एक छिमेकीले कुखुुरा मालिकलाई आफ्नो कुखुरा सम्हाल्नु भनी सम्झाएका थिए । त्यसपछि कुखुरा धनी र खेत धनीबीचमा बाझाँबाझँ भएको थियो । झगडा बढेसँगै गाउँलेहरुले पुलिसलाई बोलाए, पुलिसले घटनास्थलमा पुगेर बाझाँबाझँ गर्ने छिमेकीहरुलाई कारवाही गर्नुको साटो कुखुरालाई पक्रियो र लगेर जेलमा कोचिदियो । दुई छिमेकीबीच झगडा साम्य भएपछि मात्र पुलिसले कुखुरालाई रिहा गरेको छ । एजेन्सी…





