
२८ जेठ २०७६, ललितपुर
विगत ३/४ वर्षदेखि छोरीलाई डरधम्की देखाई जबरजस्ती बलात्कार गर्दै आएका आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका एक उपसचिव पक्राउ परेका
छन् ।
महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ बर्षीया यादवले१२ कक्षामा अध्ययनरत १८ बर्षीय छोरीलाई घरमा कोही नभएको मौका पारेर संवेदनशील अंगमा हातले छुने र जबरजस्ती करणी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले समेत थाहा पाएकी थिइन् । सामाजिक अपहेलनामा परिने डरका कारण आमाले उक्त घटना आफ्नै घरभित्रको भन्दै लुकाएकी थिईन् ।
यादवले विदेशतिर त छोरीलाई करणी गर्छन् नेपालमा पनि गर्दा केही हुँदैन भन्ने धारणाले छोरीलाई लगाताार बलात्कार गर्दै आएको अनुसन्धानको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
गत जेठ १९ गते आफूलाई जबरजस्ती बाबुले करणी गर्ने गरेको भन्दै किशोरीले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । आरोपी यादवलाई सोमबार नै पक्राउ गरिएको एसएसपी धानुकले बताएका छन् ।





