अमेरिकी सरकारले टीपीएस खारेज गरी ९ हजार नेपालीलाई देश निकाला गर्दै



२८ जेठ २०७६, काठमाडौँ

समाचारमा उल्लेख भए अनुसार अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ ।

अमेरिकी सरकारले टीपीएस खारेज गरी १ वर्षको समय दिएर ९ हजार नेपालीलाई स्वदेश फर्काउन लागेका हो ।

अमेरिकाको चर्चित अनलाइन संस्करण वासिङटन पोस्टले जनाए अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिदैँ आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीस) खारेज गरी नेपाल फर्काउने तयारी गरेको हो ।

यस बिषयमा कुनै डकुमेन्ट हस्ताक्षर नभएको र छिट्टै घोषणा गर्ने तयारी रहेको समेत समाचारमा उल्लेख भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्