पन्चेबाजा सहित गृहनगरमा प्रितमलाई भब्य स्वागत



२८ जेठ २०७६, काठमाडौं

इटहरी र भारतको जिटिभिले सञ्चालन गरेको रियालिटि सो लिटल च्याम्पस सारेगामपमा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई इटहरीमा भब्य स्वागत गरिएको छ ।

सानै उमेरमा गायन क्षेत्रमा लागेर भारतको लिटल च्याम्पसमा पुगेका आचार्यको निकै चर्चा भएको थियो । उनलाई भब्य स्वागत गर्न ईटहरीबाट दर्जन गाडि सहित सयौं जना काकडभित्ता पुगेका थिए । काकडभित्तामा त्यहाँका स्थानीयवासीहरु लगायतले स्वागत सम्मान गरेका थिए ।

सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका ईटहरीका प्रीतम आचार्यलाई काकडभिट्टामा भब्य स्वागत गरिए संगै ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई सबैले बोकेका थिए ।

त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमक, उर्लाबारी लगायत ठाउँहरुमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको साङ्गीतिक भबिष्यको लागि शुभकामना प्रदान गरिएको थियो । यस लगत्तै उनलाई ईटहरीमा पनि भब्य स्वागत सम्मान गरियो । काकडभित्ताबाट फर्के लगत्तै ईटहरी उपमहानगरपालिकामा स्वागत सम्मान पछि सेन्ट्रल प्लाजामा रहेको उनको सम्पर्क कार्यालय भिजिट सँगै त्यहाँ पनि स्वागत तथा सुभाकानामा प्रदान गरिएको थियो ।

फाइनल सम्म पुग्ने अपक्षा नभएको भए पनि तेश्रो भएकोमा खुसी व्यक्त गर्दै धेरै कुरा सिक्न पाएको र नेपालबाट धेरै सहयोग मिलेको प्रितम आचार्यले बताए । नेपालकै गौरव भएको र प्रितमसँग भएको क्षमतालाई अभिबृद्धि गर्दै अझै निखार ल्याउन सबैको सहयोग रहनुपर्ने संगीत साधना महाविद्यालयका महासचिव राजु केसीले बताए । यसपछि आज ४ बजे ईटहरीको सेन्ट्रल प्लाजाको सेमिनार हलमा उनी सँग पत्रकार भेटघाटको कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्