सडकमा उर्लिए लोकसेवाका परीक्षार्थी



२८ जेठ २०७६, काठमाडौँ

गएको जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध लोकसेवाका परीक्षार्थीहरु सडकमा उलिएका छन् ।

राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थीहरु चर्का नाराबाजी सहित माइतीघरदेखि जुलुस निकाली नयाँबानेश्वरसम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्