कर्मचारी भर्ना विवादबारे लोक सेवा आयोगले चाँडै निर्णय गर्ने



२८ जेठ २०७६, काठमाडौँ

स्थानीय तहका लागि लोकसेवा आयोगले ९ हजार भन्दा बढी पदमा जेठ १५ गते विज्ञापन खुलाएको प्रति संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएपछि भर्ना प्रक्रिया अन्योलमा रहेको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिको निर्देशन आयोगमा अझै आइनपुगेको र समितिको पत्र आएपछि लोक सेवा आयोगले स्थानीय तहका कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनबारे छिट्टै निर्णय गर्ने बताए ।

लोकसेवा आयोगले खुलाएको विज्ञापनमा समावेशी नभएको भन्दै प्रदेश २ ले पनि विज्ञापन रद्द गर्न माग गरेको छ । संसदीय समितिले मंगलबार तत्काल भर्ना प्रक्रिया रोकी करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्