सिद्धार्थ बैंकको २ शाखाको औपचारिक समुद्घाटन



२७ जेठ २०७६, काठमाडौं

सिद्घार्थ बैंकले ज्येष्ठ २४, गते शुक्रबार सिन्धुलीको गोलन्जोर शाखाको र ज्येष्ठ २७, गते सोमबार जुम्ला शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।

बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीबाट र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष श्री लाल बहादुर सार्कीबाट संयुक्त रुपमा गरेका थिए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटिएम र १,३०० भन्दा बढी पोस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्