जग्गा सिफारिसमा डा. राजन भट्टराईको कुनै भूमिका छैन



२७ जेठ २०७६, काठमाडौं

नेपाली दैनिक पत्रिका अन्नपूर्ण पोष्टले मिति २७ जेठ २०७६ को कभर पृष्ठमा ‘बूढानीलकण्ठको १४ रोपनी जग्गा एनजीओलाई’ भन्ने शिर्षकमा सुरेन्द्र काफ्लेद्वारा लिखित समाचारमा जग्गा सिफारिस गराउन डा. राजन भट्टराई मार्फत लबिङ गरिरहेको भन्ने समाचार प्रति खेद व्यक्त गर्न चाहन्छौं ।

परराष्ट्रविद् डा. राजन भट्टराई र परिवर्तन संचार समूहको कुनै पनि सम्बन्ध छैन । काठमाडौं क्षेत्र नं. ४ मै संचालनमा रहेको हाम्रो संचार गृहले परराष्ट्रविद् तथा विकासवादी नेता डा. राजन भट्टराईले गरेका विकास निर्माणका कामहरुलाई प्रकाशन गरी सत्यतथ्य जानकारी सु–सूचित गराउने भूमिका मात्र खेलेको हो ।

मूनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता भई नेपाल सरकारको प्रचलित कानुनी प्रक्रियाबाट संचालित हाम्रो संचार समूहले सामुदायिक हितलाई मध्यनजर गर्दै निःशुल्क योग ध्यान तथा सामुदायिक हल, सामुदायिक पुस्तकालय, क्यामेरा तथा कम्प्युटर सिकाई केन्द्र सहित स्थानीयवासीको माग बमोजिम गायत्री पार्क समेत निर्माण गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिकामा परियोजना प्रस्ताव पेश गरी प्रक्रिया अगाडि बढाएका हौं ।

हामीले प्रस्ताव गरेको परियोजना समुदाय हितमा उपयोगी देखिएकोले बूढानीलकण्ठ नगरपालिकाको मिति २०७६ जेठ १३ को कार्यपालिका बैठकबाट सो जग्गा लिजमा दिन सिफारिस गर्ने निर्णय भएको जानकारी मौखिक रुपमा प्राप्त गरेका थियौं ।

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमा जस्तो बूढानीलकण्ठ गरपालिकाले परिवर्तन संचार समूहलाई जग्गा उपलब्ध गराईसकेको छैन । उपलब्ध गराउने प्रक्रियाको लागि सिफारिस मात्र गरेको हो । सरकारी जग्गा विना प्रतिस्पर्धा गैर सरकारी संस्थालाई दिएको भन्नु निराधार र नियमसंगत देखिदैन ।

परराष्ट्रविद् डा. राजन भट्टराई र परिवर्तन संचार समूहको कुनै पनि सम्बन्ध छैन । काठमाडौं क्षेत्र नं. ४ मै संचालनमा रहेको हाम्रो संचार गृहले परराष्ट्रविद् तथा विकासवादी नेता डा. राजन भट्टराईले गरेका विकास निर्माणका कामहरुलाई प्रकाशन गरी सत्यतथ्य जानकारी सु–सूचित गराउने भूमिका मात्र खेलेको हो ।

नगर कार्यपालिका बैठकबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सिफारिस गरिएको जग्गा बारे डा. भट्टराईको कुनै किसिमको संलग्नता रहेको छैन् । सुरुवाती दिनदेखि यस विषयमा हामीले हाम्रो तर्फबाट पहल गरेका हौं । यो विषयमा सरोकारवाला समुदाय र नगरपालिकासँग प्रारम्भिक छलफल गरेका थियौं र आगामी दिनमा गर्नुपर्ने थप छलफलको लागि समेत हामी सधैं तयार छौं ।

जिल्ला प्रशासन कार्यालयको नाममा सिफारिस गरिएको पत्रको कपी हामीले प्राप्त गरेका छैनौं । बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा राखिएको अफिस कपी फेसबुक र समाचारहरुमा प्रकाशित हुनुले नगरपालिकको गोपनियतामा भने प्रश्न उब्जिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमा जस्तो बूढानीलकण्ठ गरपालिकाले परिवर्तन संचार समूहलाई जग्गा उपलब्ध गराईसकेको छैन । उपलब्ध गराउने प्रक्रियाको लागि सिफारिस मात्र गरेको हो । सरकारी जग्गा विना प्रतिस्पर्धा गैर सरकारी संस्थालाई दिएको भन्नु निराधार र नियमसंगत देखिदैन ।

नेपाली राष्ट्रिय दैनिक पत्रिकाले छापा र अनलाईन संस्करणमा सुरेन्द्र काफ्लेले भनेजस्तो डा. राजन भट्टराईको संलग्नता देखाउनु खेदजनक छ । सार्वजनिक जग्गा लिजमा लिने प्रक्रियामा डा. भट्टराईको कुनै संलग्नता र भूमिका नरहेको हामी प्रष्ट पार्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्