
२७ जेठ काठमाडौँ, २०७६
कागेश्वरी मनहरा नगरपालिका वडा नं ७ डाँछीका राजकुमार सार्कीले स्थानीय नगरकोटी माथि खुकुरी प्रहार गरेका छन् ।
तल्लो जातले धाराको पानि छोएको भन्दै छिमेकी नगरकोटीले विवाद गर्न खोजे पछि उनले रिस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको प्रहरीले बताए ।
माहानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाका अनुसार घटना शनिबार साँझ भएको हो ।यस विषयमा थप अनुसन्धान र कारवाहीका लागि महाशाखाले निजलाई महानगरीय प्रहरी वृत्त बौद्धमा जिम्मा लगाएको छ ।
प्रहरीलाई दिएको बयान अनुसार राजकुमार सार्कीले आफ्नो कसुर स्वीकारेका छन् ।





