
२६ जेठ २०७६, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित डल्लु चौतारामा दलु लवंहिति (ढुङ्गेधारा) पुनः निर्माण कार्यको शिलान्यास गरेका छन् ।

स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं क्षेत्र नं. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाख बजेट बिनियोजन गरिएको थियो । लवंहिति हमुमान ढोका विश्व सम्पदादेखि स्वयम्भू विश्व सम्पदासम्म जाने सम्पदा मार्गमा पर्दछ । बजेटबाट ढुङ्गेधाराको पुनः निर्माण र सार्वजनिक शौचालय निर्माण भईरहेको छ ।

उपभोक्ता समिति संयोजक अमर बहादुर रञ्जितको अध्यक्षता रहेको कार्यक्रममा वडाका सदस्यहरु आन्नद राम गौतम, मैयाँ लक्ष्मी महर्जन लगायत नव जागृती क्लबका पदाधिकारीहरु लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियोे ।






