गुठी विधेयक विरुद्धका प्रदर्शनकारीमाथि प्रहरीको लाठी



२६ जेष्ठ २०७६, काठमाडौं

गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्ताक्षेप गरेको छ ।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधको प्रदर्शनकारीमाथि प्रहरीले लाठी तथा पानीको फोहोर प्रहार गरि हस्ताक्षेप गरेको हो ।

गुठी विधेयकले धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै खारेजीको माग गर्दै विभिन्न संघसंस्थाको अगुवाइमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।

यो विधेयक त्रुटीपूर्ण र अपरिपक्व रहेको उनीहरूको ठहर छ । विधेयक पारित भएमा गुठीको जग्गा शक्तिवानहरूले आफ्नो हातमा पार्न सक्ने भन्दै यसलाई खारेज गर्नुपर्ने माग उनीहरुले राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्