येलेखिममा निस्केको पहिलो साकेलाको रौनकता बढ्दै(भिडियो/फोटो)



२६ जेष्ठ २०७६, काठमाडौं

उभौली पूर्णेको दोस्रो पञ्चमी शनिबार ललितपुरस्थित सानो हात्तीबनमा साकेला निकालिएको छ ।

साकेला व्यवस्थापन समिति, ललितपुरको आयोजनामा आयोजित साकेलामा किराँतीभित्रको विभिन्न राई पूर्खाहरुको सहभागीता रहेको थियो ।

साकेला प्रमुख पूर्खा तथा धामी प्रेम बहादुर राईले साकेलामा किराँती परम्पराअनुसार पूजाआराधना गरि निकालिएको थियो ।

९ पगरी, २ तोकाया, २ ढोले २ सेउले, १ सिलिमोमा र १ सिलिमोपालाई मुन्दुमी प्रक्रियामा बाँध्दै साकेला निकालिएको हो ।

साथै विभिन्न पूर्खाहरुलाई आजीवन जिम्मेवारीसमेत दिईएको थियो ।

के भन्छन् साकेलाका बारेमा जानकारहरु?

फोटो हेर्नुहोस्

  

प्रतिक्रिया दिनुहोस्