सासु कुट्ने बुहारी पक्राउ, आठ वर्षीया नातिनीले खिचेको भिडियो एकाएक भाइरल



२६ जेठ २०७६, काठमाडौं

अहिले सामाजिक संजालमा विभिन्न समाचार भाईरल भएको पाईन्छ । त्यसैगरि भारतको हरियाणामा महेन्द्रगढमा एउटा भिडियो धेरै समाचार माध्यमहरुले प्रकाशन गरेको पाईन्छ । उक्त भिडियोमा खाटमा बसिरहेकी ८० वर्षिय एक वृद्धालाई उनकी बुहारीले पटकपटक कुटिरहेको देख्न सकिन्छ ।

भिडियो वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले जनाएको छ । सोसल मिडियामा केही मानिसले यो भिडियो छिमेकीले घरको छतबाट रेकर्ड गरेको बताइरहेका छन् ।

भिडियो ऋषि बागरीको ट्वीटर ह्यान्डलबाट सेयर गरिएको हो । उनका अनुसार यी महिला स्वतन्त्र हिन्द फौजका सदस्य हुन् र उनलाई बुहारीले दैनिक कुट्छिन् । उनले हरेक महिना ३० हजार भारु पेन्सन समेत पाउने गरेको बताइन्छ ।

पेन्सनको लोभमा नै उनले सासुलाई कान्छो छोराको घरबाट ल्याएकी थिइन् । महिलाका श्रीमान् पुलिस हुन् त्यसकारण उनीविरुद्ध कसैले पनि आवाज उठाउने हिम्मत गर्दैनन् ।

हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले पनि यो भिडियोको विषयमा ट्वीट गरेका छन् । उनले लेखे, ‘यो दुःखद र निन्दनीय छ । सभ्य समाजमा यस्तो प्रकारको व्यवहारलाई सहन सकिँदैन । यसबारे मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरिएको छ ।’

८० वर्षिय वृद्धाको मेडिकलमा लगिएको छ भने उनकी बुहारीलाई प्रहरीले पक्राउ गरेको बताईएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्