कतारस्थित नेपाली राजदूतका लागि डा. वाग्ले सिफारिस



२६ जेष्ठ २०७६, काठमाडौं

सरकारले कतारका लागि राजदूतमा डा. नारद वाग्लेको नाम सिफारिस गरेको छ ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले कतारका लागि डा. नारद वाग्लेको नाम सिफारिस गरेको हो । कतारका लागि सिफारिस वाग्लेले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अंग्रेजी विषयका प्राध्यापक थिए ।

यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको थियो । यस्तै सरकारले कतारलगायत अन्य चार देशका लागि राजदूत सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्