मन्त्री निवास मन्त्रीद्वारा नै सरसफाई



२६ जेष्ठ २०७६, काठमाडौं

मन्त्रीहरुले आफ्नो निवास आफैँ सरसफाई गरेका छन् ।

आज(आईतबार) बिहान ललितपुरको पुल्चोकस्थित सरकारी निवास परिसरमा मन्त्रीहरुले सरसफाई गरेका हुन् ।

विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्री निवासमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्