विश्वकप क्रिकेटः अष्ट्रेलिया र भारतबीच भिडन्त



२६ जेष्ठ २०७६, काठमाडौं

विश्वकप क्रिकेटअन्तर्गत आज अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुने छ । यो खेल सबैभन्दा उत्कृष्ट हुने बताईएको छ किनकी, दुवै टोली उपाधी दाबेदार हुन् ।

अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जितको दाउमा छ ।

अष्ट्रेलियाले आफ्नो पहिलो हाफमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको अष्ट्रेलिया उच्च मनोबलमा छ ।

यता, भारतले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्