
२५ जेठ २०७६, काठमाडौं
हिंसा हुन सक्ने अवस्थाहरु र यसबाट बच्ने उपायहरु जानीसकेपछी देवचुली नगरपालिका वडा नं. १७ औपचारिक स्वस्तिका भण्डारी आफूजस्तै किशोरीलाई सिकाउँदै छिन् । वरचुली मा.वि कक्षा ९ मा अध्ययनरत भण्डारीले यसको बारेमा प्रशिक्षक प्रशिक्षण तालिमबाट हिंसा हुन सक्ने अवस्थाहरु, यसको बँच्ने उपायहरु र कानुनी प्रावधानको बारेमा जानकारी लिएपछी उत्साहित छिन् ।

आत्मविश्वासको साथमा अरुको अगाडी गएर समेत केही सिकाउन सक्ने भएको उनले सहजिकरणको क्रममा अन्य साथीहरुको अगाडी पनि भनिन् ।

सोही वडाकी १६ वर्षिय निरुता खत्री पनि आफ्नो समस्याहरु अरुको अगाडी भन्नुपर्ने र भन्न सकेमा मात्र समाधान हुने भएकोले यस्ता हिंसाका प्रकारहरु र स्वरुपहरुको बारेमा जान्ने र अरुलाई सिकाउन सक्ने समेत बताईन् ।

स्थानीय क्षेत्रमा हिंसाका घटनाहरु दिनदिनै बढ्दै गएको छ र केही त डरको कारणले समेत भन्न नसक्ने भएकोले अव हामी स्वयम् किशोरीहरुले नै यो तालिम सञ्चालन गरेर किशोरीमैत्री वडाको निर्माणमा लाग्ने १५ वर्षिय स्वस्तीका आचार्यले बताईन् ।
जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डको सहयोगमा बिगत १ वर्षदेखी नवलपुरको देवचुलीमा किशोरी सशक्तिकरण कार्यक्रम सञ्चालन गरिराखेको र सोही कार्यक्रम अन्तर्गतका सवै वडाबाट छनौट भएका ३० जना किशोरीहरुले प्रशिक्षक प्रशिक्षण तालिम लिएपछि समुदायस्तर र विद्यालयस्तरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको कुरा संस्थाका कार्यक्रम संयोजक दिपक शर्माले बताए ।

आजको कार्यक्रम नेपाल प्रहरीको प्रहरी विद्यालय साझेदारी कार्यक्रमसँग साझेदारीमा संचालन गरेको र ईलाका प्रहरी कार्यालय रजहर नवलपुरका सहायक प्रहरी निरिक्षक ध्रुव पौडेलले समेत सामाजिक सञ्जालबाट हुनसक्ने हिंसाका घटनाहरुको बारेमा समेत जानकारी प्रदान गरेको थियो । कार्यक्रममा ५० भन्दा बढी किशोरकिशोरीको सहभागिता रहेको थियो ।





