सीप सिक्ने मात्र होईन, कार्यान्वयन पनि गर्नुपर्छ : वडाध्यक्ष भट्टराई



२५ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले वडाले विभिन्न किसिमका सीपमूलक तालिम सिक्दै आएका सबैलाई आफूले सिकेको सीप अनुसारको व्यवसाय गर्न आग्रह गरेका छन् ।

तीन महिने मण्टेश्वरी, फोहोर मैला व्यवस्थापन तथा कौशी तरकारी खेती तालिम कार्यक्रमको समापनमा वडाध्यक्ष भट्टराईले धेरैले सीपमूलक तालिम लिने गरेको तर कार्यान्वयन नगरेको गुनासो गरे ।

कार्यक्रममा लगनशिलताका साथ काम गर्नेलाई आवश्यकता अनुसार वडाले बजेट छुट्याउने जानकारी गराउँदै सहयोगको प्रतिवद्धता समेत गरेका थिए ।

विभिन्न किसिमका वडामा हुँने गरेका सीपमूलक तालिम तथा कार्यक्रम उपलब्धीमूलक हुँन आवश्यक रहेको कार्यपालिका तथा वडा सदस्य शान्ता ढकालको जोड थियो ।

सबैलाई राम्रो सँग विभिन्न व्यवसाय गर्न आग्रह गर्दै ढकाल भन्छिन्, ‘उत्पादन गर्नुहोस्, बिक्रि गर्ने जिम्मा हामी लिन्छौं ।’

त्यसैगरी वडा सदस्य पुरुषोत्तम नेपालले वडामा फोहोरको राम्रो व्यवस्थापन नभएको विभिन्न खाले कम्पनीले फोहोर लाने जिम्मा लिँदालिदैं पनि वडावासीले सास्ती झेल्नु परेको बताए ।

नेपाल भन्छन्, वडाले राम्रो कम्पनी छानेर आगामी दिनमा फोहोरको समस्या समाधान व्यवस्थापनमा सुधार ल्याउने छ वडावासी ढुक्क हुनुहोस् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ र महिला संजालको सहकार्यमा भएको तीन महिने मण्टेश्वरी, फोहोर मैला व्यवस्थापन तथा कौशी तरकारी खेती तालिमको पुष्पलाल मेमोरियल स्कूलमा समापन भएको छ ।

कार्यक्रमको सभापति महिला संजालकी अध्यक्ष सावित्री ढकाल, स्वागत मन्तव्य उपाध्यक्ष गीता रिजालले राखेका थिए भने संचालन पुष्पा थापा र सुनिता श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्