कपन बंगलामुखी यातायातमा कार्यरत सिन्धुपाल्चोकका कृष्ण राउतको करेण्ट लागेर मृत्यु



२५ जेठ २०७६, काठमाडौं

कपन बंगलामुखी यातायातको बा. १ ख ९३५३ नम्बरको बसमा परिचालकको रुपमा कार्यरत सिन्धुपाल्चोक मेलम्चीका कृष्ण राउतको कपन प्रगति चोक नजिक करेन्ट लागेर हेल्पिङ्ग ह्यान्ड्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

बूनपा-११, स्थित कपन बंगलामुखी यातायात टायर पसलमा टायर मर्मतको लागि छिराउने क्रममा बसको छतमा अड्किएको नाङ्गो तार छुटाउने क्रममा करेन्ट लागि पछारिएका राउतलाई तत्काल उपचारको लागि चावहिल स्थित हेल्पिङ्ग ह्यान्ड्स अस्पतालमा पुर्याईएको र उपचारको क्रममा राउतको मृत्यु भएको नेपाल राष्ट्रिय स्वतन्त्र यातायात संगठनका सचिव रवी केसीले परिवर्तन खबरलाई बताए ।

पटक-पटक खुल्ला तारको कारण निर्दोष श्रमिकले ज्यान गुमाउँदा समेत विधुत प्राधिकरणले सार्वजनिक यातायात संचालन हुने क्षेत्रमा अव्यवस्थित नाङ्गो तार छोड्नु अति हेलचेक्राई भएको संगठनका सचिव केसीले गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्