फेरि राजतन्त्र चाहियो भन्नेहरुलाई प्रधानमन्त्री ओलीले दिए ‘मूर्ख’को संज्ञा



२४ जेष्ठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राजतन्त्र चाहियो भन्ने मानिसहरु ‘मूर्ख’ भएका बताएका छन् ।

आज भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

त्यस्तै ओलीले सरकार शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागिपरेको दावी गरे ।

४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्