मिडिया काउन्सिल विधेयकले प्रेसलाई नियन्त्रण होईन, नियमण गर्छः बाँस्कोटा



२४ जेष्ठ २०७६, काठमाडौं

सरकार प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पत्रकारितालाई विश्वसनीय तथा निम्मेवार बनाउनको लागि मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ, दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।

उनले भने, “मिडिया काउन्सिल विधेयक प्रेसलाई नियन्त्रण नभई नियमणका लागि ल्याईएको हो ।”

प्रेस सवल बनोस् भन्नेमा आफु लागेको जनाउँदै उनले अहिले नेपाल पत्रकार महासंघको सदस्यता अन्य अन्य व्यक्तिले पनि लिएको दावी गर्दै त्यसमा शुद्धीकरणको जरुरत रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्