जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने



२४ जेष्ठ २०७६, काठमाडौं

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने भएको छ ।

धावनमार्गमा थप कालोपत्रे गर्नुपर्ने भएकाले विमानस्थल बन्द हुने जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

‘७ अषाढबाट विमानस्थल बन्द हुन्छ ।’ कार्यालय प्रमुख भानु कोइरालाले भने ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने, कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।

पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्