श्रीलंकाविरुद्ध क्रिज उत्रिदैँ पाकिस्तान



२४ जेष्ठ २०७६, काठमाडौं

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल नेपाली समयअनुसार दिउँसो ३:१५ ब्रिस्टलमा सुरु हुनेछ । पाकिस्तान र श्रीलंका दुबै लगातार दोस्रो जितको खोजिमा छन् ।

पहिलो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार ईङ्ग्ल्याण्डलाई हराएको थियो ।

वेष्ट इन्डिजसँग १ सय ५ रनमै अल आउट भएको पाकिस्तान उत्कृष्ट पुनरागमन सहित ईङ्ग्ल्याण्डविरुद्ध ३ सय ४८ रन बनाउँदै आश्चार्यजनक खेल खेलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्