बूढानीलकण्ठ १० को साईक्लिङ कार्यक्रम–२०१९ सम्पन्न



२३ जेठ २०७६, काठमाडौं

विश्व वातावरण दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले ‘तेलजन्य सवारी साधनको प्रयोग छोडौं, स्वच्छ वातावरणका लागि साइकल चढौं’ भन्ने मूल नारा सहित साईक्लिङ कार्यक्रम–२०१९ सम्पन्न गरेको छ ।

सुकिलो अभियानले निकालेको साईकल र्यालीमा नगरप्रमुख उद्धव प्रसाद खरेल, उपप्रमुख रामदेवी राई, १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु भट्टराई तथा विश्व साइकल यात्रामा निकाल्ने तयारीमा रहेका दिनोज कुवर सहभागी भएका थिए ।

बूढानीलकण्ठ आकाशेधारा ह्याण्डबल ग्राउण्डबाट सुरु भएको साइकल र्याली बलुवाखानी, राम मन्दिर मिलनचोक हुदैँ ह्यान्डबल ग्राउण्डमै पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्