नेपालले चाइनिज ताइपेईको सामना गर्दै



२३ जेष्ठ २०७६, काठमाडौं

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज नेपालले चाइनिज ताइपेईको सामना गर्दैछ ।

मलेशियासँग २–० ले पराजय भएको नेपाली टोली आज ताइपेईविरुद्ध भने जित निकाल्ने दाउमा छ ।

नेपाली टोलीका प्रशिक्षक योहान कालीनले ताइपेईसँगको खेल ठूलो चूनौती रहेको बताएका छन् ।

“तर नेपाली टोलीमा यूवा खेलाडीहरुको वाहुल्यता छ, हामी जितलाई आफ्नो बनाउनमा प्रयासरत रहनेछौं ।”उनले भने ।

खेल अपराह्न ४:४५ मा सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्