बूढानीलकण्ठमा चार वर्षिय राजश्व सुधार कार्ययोजना कार्यशाला सम्पन्न



२२ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको ४ वर्षिय राजश्व सुधार कार्ययोजना (आरआईएपी) सम्बन्धी दुईदिने कार्ययोजना कार्यशाला बूनापा ८ को वडा कार्यालयमा सम्पन्न भएको छ ।

स्थानीय आर्थिक विकास क्षेत्रहरुको पहिचान, कर तथा गैह्र कर क्षेत्र र नयाँ सम्भावित श्रोतहरुको पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख उद्धव खरेलले आम्दानी-खर्च, जिम्वेवारी-दयित्व प्रति सबैजनाले ध्यान दिन आवश्यक रहेको बताए ।

मासिक रुपमा कुन क्षेत्रमा कति प्रगति भयो ? त्यसबारे छलफल गर्न आवश्यक रहेको प्रष्ट पार्दै नगर प्रमुख खरेलले भने, ‘जुन काम जसका लागि छुट्याएको हो उसैले ध्यानपूर्वक गर्नुपर्छ त्यो नै उसको जिम्वेवारी हो ।’

कार्यक्रममा वर्तमान कर सम्बन्धी के-के काम भएको छ ? अर्को वर्ष के आधारमा कर बृद्धि गर्ने ? करको दर कसरी निर्धारण गर्ने र दायरामा ल्याउने ? उक्त विषयमा छलफल गरि आवश्यक सुधार गर्नुपर्ने बूनपाका प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले बताए ।

दुई दिने कार्यशालाले नगर भित्रका कर सम्बन्धी समस्याको पहिचान गरि समाधानबारे छलफल गरिने जानकारी राजश्व शाखा प्रमुख अच्युत खड्काले बताए ।

दुई दिने कार्यशालाको प्रशिक्षक हेमराज लामिछाने र नवराज कोईराला रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्