क्विक्स नेपाल बास्केटबल लिगः पुलिसको हारमा रोयल बाधक



२२ जेष्ठ २०७६, काठमाडौं

क्विक्स नेपाल बास्केटबल लिग अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ । बुधबार भएको खेलमा पुलिसलाई रोयल बास्केटबल क्लबले ७५–५९ अंकले हराएको हो ।

रोयललाई जित दिलाउने क्रममा निकेश मगरले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका उनले १६ स्कोर बनाए ।

लिग चरणको अन्तिम खेलमा जिते पनि रोयल प्ले अफमा भने पुग्न सकेन । १४ खेलबाट १९ अंक जोड्दै रोयल छैटौं स्थानमा रह्यो ।

पराजित पुलिसको भने प्ले बलियो रहेको छ । लिगको तेस्रो स्थानको पुलिसले १४ खेलबाट २० अंक जोडेको छ ।

अब लिग चरणको अन्तिम खेलबाट प्ले अफ पुग्ने दुई टोलीको तय हुनेछ । लिग चरणको अन्तिम खेलमा गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लब र किर्तिपुर बास्केटबल क्लबसंग खेल्नेछ ।

लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् भने दोस्रोले १ लाख नगद पुरस्कार पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्