प्रधानमन्त्री ओलीले दिए ‘इद उलफित्र’को शुभकामना



२२ जेष्ठ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान् चाड इद उलफित्रको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज इदको अवसरमा आफ्नो अफिसियल ट्वीटर पेजबाट शुभकामना दिएका हुन् ।

ट्वीटरमा भनिएको छ, “इस्लाम धर्मावलम्वीहरुको महान चाड इद उल फित्रको अवसरमा सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। पवित्र रमदानको विदाईसँगै शान्ति,भाइचारा र एकताको सन्देश सहित आउने यस पर्वका अवसरमा म विश्वभरका इस्लाम धर्मावलम्वीहरुलाई इद मुवारक भन्न चाहन्छु ।”

 

प्रतिक्रिया दिनुहोस्