
२१ जेठ २०७६, काठमाडौँ
पत्रकारका पनि पत्रकार मानिने ऋषि धमलालाई पत्रकारिताका पर्याय नै भन्दा पनि फरक पर्दैन् । सूचनाको हकसम्बन्धी कानुनले पनि केही गर्न नसके मान्छेहरू ऋषि धमलालाई सम्झिन्छन् । ऋषि सबैभन्दा बढी खटिने पत्रकार मात्रै नभई , सबैभन्दा बढी आलोचित पत्रकार पनि हुन् ।
अब तिनै चर्चित पत्रकार ऋषि धमला मोडलिङतिर सक्रिय हुन थालेका छन् । ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ ।
नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार गीतमा धमलाले निकै राम्रो अभिनय गरेका छन् । सार्वजनिक भिडियोमा धमला पिताको भूमिकामा देखिएका छन् ।
भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन् भने यूडी गुप्ता छोराको भूमिकामा देखिएका छन् ।
धमलाले मोडलिङ गरेको यो पहिलोपटक भने होइन । उनले केही गीतहरुमा यस अघि पनि अभिनय गरिसकेका छन् ।





