
२१ जेठ २०७६, काठमाडौँ
छोटो समयमा नै कलाकारिताको क्षेत्रमा चर्चाको सिखर चुमेको नाम हो बाल गायक अशोक दर्जी । उनलाई दर्शक, श्रोताले अत्याधिक माया दिएका छन् ।
केही दिन अघि मात्र तिनै चर्चित बाल गायक अशोक दर्जीको गित सिम्पल डिम्पलको सुटिङ्ग रिर्पोट सार्वजनिक भएको थियो । उक्त रिर्पोट बारे धेरै अनलाइनहरुले समाचारहरु समेत प्रकाशन गरे । समाचार आउने क्रममा बाइकमा गलफ्रेन्ड बोकेर अशोक जस्ता शिर्षक आएका थिए र धेरै अनलाइनहरु बाट सोही शिर्षकमा समाचार प्रकाशित भएको थियो । यसैक्रममा अशोकको एउटा फोटो भाइरल नै भयो ।
सबैले अशोकको नयाँ लुक्सको खुलेरै तारिफ गरिरहेका थिए । तर गित संगितका विश्लेषक तथा लेखक दुर्गा पंगेनी भने आम दर्शक श्रोताको भन्दा ठ्याकै विपरितको अभिब्यक्ती दिए । उनले आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै अती छुद्र भाषामा अशोकलाई दमै भनेका छन् भने टंकलाई अशोकको प्रयोग गरेर पैसा कमाएको आरोप लगाएका छन् । उनले आफ्नो नजरमा टंक एक कमिना मात्र भएको खुलाएका छन् ।
दुर्गा पंगेनीले त्यस प्रकारको स्टाटस लेखेको केही छिनमा नै टंकले सोही स्टाटसलाई स्क्रिनसर्ट गरेर आफ्नो फेसबुक वालमा पोष्ट गर्दै यस्तो लेखेका छन् । गायक तथा संगितकार टंक बुढाथोकीको स्टाटस जस्ताको तस्तै:
‘नमस्कार ।। रातको 12 बजे पनि यहा जल्ने हरुको मुटु पोल्दो रैछ निन्द्रा हराम हुदो रैछ ।। पढे लेखेको हजुर Durga Pangeni जि अहिले को समयमा पनि जातको कुरा गर्नु हुन्छ ?
बाकी कुरा भोली गर्ने छु अहिले अशोक सुतेका छ्न अब पढ्न सक्ने भएका छन !’






