
२१ जेठ २०७६, चितवन/सुबोध नेपाल
निर्माणाधिन प्रस्तावित गौंतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको बारेमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना स्थानीय सोमबार बेलुका रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा फाँटका प्रहरी नीरिक्षक राजकुमार थापाका अनुसार उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार उपस्थिती गराउने सर्तमा छाडिएको बताए ।
जमानीमा छुट्नेहरुमा राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल र ईश्वरी माया तामाङ रहेका छन् ।
प्रहरी निरीक्षक थापाका अनुसार मुलुकी अपराधसंहितमा उल्लेख भएको व्यवस्था अनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा रहेर उनीहरुलाई रिहा गरिएको हो । डोजर काण्डका मूख्य अभियोग लागेका प्रकाश कँण्डेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं र सुरेन्द्र विके भने हिरासतमै छन् ।
जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको प्रहरी निरीक्षक थापाले भने ।





